मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १२ बुधबार o८:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शीर्ष स्थानमा तोरणले लिए तीन स्ट्रोककोे अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार o८:४४:oo

तोरणविक्रम शाहीले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको मंगलबार तीन स्ट्रोकको अग्रता लिएका छन् । तोरणले दोस्रो दिन ५ अन्डर ६७ को उत्कृष्ट स्कोर गर्दै समग्रमा १० अन्डर १३४ कार्ड लेखाएका हुन् । उनले सुनील केसीलाई तीन स्ट्रोकले पछि पार्न सफल भएका छन् । सुनील ७ अन्डर १३७ स्कोरका साथ दोस्रो स्थानमा छन् ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटी ६ अन्डर १३८ स्कोरका साथ तेस्रो स्थानमा झरेका छन् । एमेच्योर राहुल विश्वकर्माले पाँच अन्डर १३९ स्कोर गरी चौथो स्थान रक्षा गरेका छन् । उनी एमेच्योरतर्फ लगातार दोस्रो दिन शीर्ष स्थानमै रहे । ३ अन्डर १४१ स्कोर गरेका नीरज तामाङ पाँचौँ स्थानमा छन् । साबिक विजेता एमेच्योर खेलाडी सदभाव आचार्य समग्रमा १ अन्डर १४३ स्कोरसहित छैटौँ स्थानमा उक्लिएका छन् ।

उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन् । गोकर्ण गल्फ क्लबमा अनुभवी गल्फर तोरणको प्रदर्शन सानदार रह्यो । पहिलो, पाँचौँ र आठौँ होलमा बर्डी प्रहार गर्दै उनले फ्रन्ट नाइन ३ अन्डर ३३ स्कोर गरेका थिए । उनले यसपछि ११औँ, १२औँ, १३औँ र १६औँ होलमा समान एक सट बचाए ।

उनी ब्याक नाइन २ अन्डर ३४ स्कोरमा रोकिए । तोरणलाई पछ्याइरहेका सुनीलले एकरूपता प्रदर्शनलाई कायमै राखेका छन् । तेस्रो होलमा उनले बोगीविरूद्ध चौथो, आठौँ र नवौँ होलको बर्डी निकाली फ्रन्ट नाइन २ अन्डर ३४ स्कोर गरेका थिए । 

सदभाव भन्दा राहुल अगाडि
सुनीलले १५औँ होलमा बर्डी प्रहार गर्दा बाँकी सात होलमा पार बचाउँदै ब्याक नाइन १ अन्डर ३५ स्कोर गरे । उपाधि दाबेदार भुवनले तेस्रो र सातौँ होलको बर्डीका साथ फ्रन्ट नाइन २ अन्डर ३४ स्कोर गरेका थिए ।