Skip This
समस्याउन्मुख देखिएपछि कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबार गर्न रोक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार १३:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

समस्याउन्मुख देखिएपछि कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबार गर्न रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १३:o१:oo

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई वित्तीय काराेबार गर्न रोक लगाएको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै वित्तीय अवस्था समस्याउन्मुख देखिएको उक्त विकास बैंकलाई कारबाही गरिएको जनाएको छ।

कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुनेलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले सुधारात्मक कारबाही गरिएको सूचनामा उल्लेख छ।

६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न राष्ट्र बैंकले रोक लगाएको छ।