Skip This
थलीमा सानिमा बैंकको नयाँ शाखा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थलीमा सानिमा बैंकको नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार ११:३४:oo

सानिमा बैंकको नयाँ शाखा थलीमा शुभारम्भ भएको छ । कागेश्वरी–मनोहरा नगरपालिका– ५ स्थित थलीमा शाखा स्थापना गरी बैंकले सेवा विस्तार गरेको हो । शाखा कार्यालयको उद्घाटन कागेश्वरी–मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौलाका साथै प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरे ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख कार्कीले बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने बताए ।

यसैगरी, महजोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे । त्यसैगरी, बैंकका सञ्चालक निरौला तथा सिइओ पाण्डेले निरन्तर सहयोग तथा संरक्षणका लागि ग्राहकप्रति आभार प्रकट गरे ।