मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार o६:४o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इतिहासमा आज - २४ नोभेम्बर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o६:४o:oo

सन् १६४२ : डच अन्वेषक अबेल तासमान अस्ट्रेलियाको छेउमा अवस्थित तास्मानिया (उनकै नामबाट नामकरण गरिएको) पुग्ने पहिलो युरोपेली बने ।

सन् १८५९ : चाल्र्स डार्बिनले आजकै दिन उनको युगान्तकारी पुस्तक ‘अन द अरिजिन अफ द स्पेसिस’ प्रकाशित गरेका थिए । जीव उद्विकासबारे चर्चा रहेको सो पुस्तकले विज्ञान क्षेत्रमा ठुलो उथलपुथल ल्याउन सघाएको थियो ।

सन् १९२४ : उत्तरी चीनका युद्ध–सरदार जनरल फेङ यु–सियाङले आफ्नै मित्र सेनाविरुद्ध लड्दै पेकिङ कब्जा गरे ।

सन् १९५४ : अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि बनाइएको पहिलो विमानलाई ‘एअर फोर्स वान’ नामकरण गरियो ।

सन् १९६५ : प्रजातान्त्रिक रूपमा चुनिएका वामपन्थी नेता प्याट्रिस लुमुम्बालाई अपदस्थ गर्दै मार्सल मोबुतु सेस सेकु अफ्रिकी मुलुक जायरका (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) राष्ट्रपति बने । उनले ३२ वर्षसम्म अधिनायकवादी शासन चलाए ।

सन् १९६६ : न्युयोर्क सहरको इतिहासको सबैभन्दा प्रदूषित यस दिनमा झन्डै ४०० जनाको श्वासप्रश्वास प्रणाली र हृदयाघातका कारण मृत्यु भयो ।

सन् २०१५ : टर्कीले उसको आकाशमा उडेको दाबी गर्दै एक रुसी लडाकु विमान खसालिदियो ।

सन् २०१७ : १८ जना महिलाले एक पत्रिकामा लेख लेख्दै नोबेल पुरस्कार समितिसँग जोडिएका जँ–क्लाउड आर्नोल्टमाथि यौनशोषणको आरोप लगाए । त्यसपछि उत्पन्न विवादले सन् २०१८ को साहित्य विधाको पुरस्कार रद्दसम्म हुने स्थिति आएको थियो ।

सन् २०१७ : जिम्बाबेका पूर्वउपराष्ट्रपति इमरसन मनाङ्ग्वा ३० वर्षदेखि शासन गरिरहेका रोबर्ट मुगावेलाई विस्थापित गर्दै देशका राष्ट्रपति बने ।

सन् २०२० : स्कटल्यान्डको संसद्ले विश्वमा पहिलोपटक देशभर महिनावारीजन्य सामग्री निःशुल्क बनाउने कानुन पारित ग¥यो ।

सन् २०२१ : स्विडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री मग्दालेना एन्डरसन सत्तारुढ गठबन्धन १२ घण्टामै टुटेपछि सोही अवधिभित्रै राजीनामा दिन बाध्य भइन् ।