मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ मङ्सिर ९ आइतबार o८:१२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

जनकपुरधामका निजी विद्यालयमा एक सातादेखि पठनपाठन अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o८:१२:oo

जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई निःशुल्क पढाउन निर्देशन दिएपछि त्यसको विरोध गर्दै निजी विद्यालयहरूले पठनपाठन अवरुद्ध गरेका छन् । उपमहानगरपालिकाले कक्षा ११ र ११ मा छात्रवृत्ति    पाएका विद्यार्थीसँग रजिस्ट्रेसन शुल्क र परीक्षा शुल्कबाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएपछि निजी विद्यालयहरूले एक सातादेखि पठनपाठन अवरुद्ध गरेका हुन् ।

बन्द रहेको संस्थागत विद्यालय खोलाउन तीन दिन वार्ता भए पनि आन्दोलनरत पक्ष नमानेपछि आइतबार पनि पठनपाठन बन्द रहने भएको छ । शनिबार जनकपुरधाम उपमहानगरपलिका र आन्दोलनरत निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सन, प्याब्सन र हिसानबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

जनकपुरधाम नगरप्रमुख मनोजकुमार साहले निःशुल्क शिक्षामा पनि आन्दोलनरत पक्षले शुल्क लिन पाउनुपर्ने माग राखेकाले वार्ता निष्कर्षविहीन भएको बताए । नेपाल सरकारको शिक्षा ऐनको संस्थागत विद्यालयको छात्रवृत्ति विवरण कार्यविधि २०७५ मा छात्रवृत्ति पाएका विद्यार्थीले निःशुल्क शिक्षाको व्यवस्था भए पनि यहाँका निजी विद्यालयहरूले शुल्क लिन पाउनुपर्ने माग राखेकाले त्यो स्वीकार नहुने उनले बताए ।
 
एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले नगरपालिकाले भनेजसरी आफूहरूले विद्यालय सञ्चालन गर्न नसक्ने बताए । जनकपुरधाम उपमहानगरले संस्थागत विद्यालयसँग विभेदपूर्ण व्यवहार गरेको उनले अरोप लगाए । सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षाको नीति लागू हुनुपर्ने उनको भनाइ छ । ठाकुरले आफूहरूको माग पूरा नभए विद्यालयहरूको साँचो उपमहानगरपालिकालाई हस्तान्तरण गरेर विरोधको कार्यक्रम अगाडि बढाउने चेतावनी दिए ।