मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ मङ्सिर ९ आइतबार o८:२o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चिकित्सकले मृत घोषणा गरेका व्यक्ति जीवितै

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o८:२o:oo

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय दाहसंस्कारका क्रममा ब्युँझिएका छन् । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहितास कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्टमार्टम गरेन । तर, मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीले शनिबार बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो । उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चार माध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, ‘एकजना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।’

‘चिता जलाउनुभन्दा केही समयअघि रोहितासको शरीरमा हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,’ सिंहले भने । रोहितासलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको पुष्टि भएको थियो ।