१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Wednesday, 06 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २१ बुधबार o७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कीर्तिपुर नगर प्रमुखमा कांग्रेसबाट ११ जना सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार o७:४५:oo

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट ११ जना सिफारिस भएका छन् । कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा राखेर आकांक्षी सबैको नाम जस्ताको तस्तै सिफारिस गरेको हो ।

सिफारिस हुनेमा क्रमशः कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् । ‘हामीले कुनै विवाद नगरी सबै आकांक्षीको नाम माथिल्लो तहमा सिफारिस गरेर पठाएका छौँ । यो सिफारिस नै अन्तिम होइन । विधानको व्यवस्थाअनुसार पार्टीको माथिल्लो निकायले योगदान र आवश्यकता हेरेर उम्मेदवारको टुंगो लगाउनेछ,’ डंगोलले भने । 

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरको एकल नाम नाम सिफारिस भएको छ । उनी अघिल्लो निर्वाचनमा काठमाडौं १० अन्तर्गत प्रदेश सभा सांसदको उम्मेदवार बनेर पराजित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।