आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गत भएको खेलमा वर्षा भएपछि नेपाल र स्कटल्यान्डले अंक बाँडेका छन् । सोमबार भएको लिग-२ को ४४औँ खेल आँधीहुरीको सम्भावना भएपछि रद्द गरिएको थियो ।
अमेरिकाका डालासमा ढिला गरी सुरु भएको खेल दुईपटक वर्षाकै कारण रोकिएको थियो । ६ ओभरबाट खेल हुनै सकेन । टस हारेर ब्याटिङ गरेको नेपालले एक विकेट गुमाउँदै २६ रन बनाएपछि खेल रोकिएको हो ।
लिग–२ मा नेपाल १२ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ । चार अंकको युएई पुछारमा छ । १६ अंकको अमेरिका शीर्ष स्थानमा छ ।