मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक १८ आइतबार
  • Saturday, 12 July, 2025
२o८१ कार्तिक १८ आइतबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ लाख नगदसहित जुवा खेल्दै गरेका १५ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १८ आइतबार १९:२४:oo

सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहाबाट प्रहरीले जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा धरानबाट परिचालन भएको प्रहरी टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट १२ थान मोबाइलसमेत बरामद गरिएको छ।

उनीहरूमध्ये केहीबाट सार्वजनिक (अपराध र सजाय) ऐ २०२७ को बर्खिलाप कसुरसमेत भएकोले सोही ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए।