मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार o८:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:१o:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ३० असोजदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट १५ अक्टोबर (२९ असोज)मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५९ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य बढेर एक सय ५१ पुगेको छ । यो काठमाडौं, पोखरा र दिपायलका लागि तोकिएको नयाँ खुद्रा बिक्री मूल्य हो । 

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जआसपासको क्षेत्रका लागि पेट्रोलको प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेल तथा मट्टीतेलको १४८.५० रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, सुुर्खेत र दाङका लागि पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १५० रुपैयाँ तोकिएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने फेरबदल गरिएको छैन ।