चाडपर्वको अवसरमा ग्लोबल आइएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत सीमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्टआइपिएसका प्रयोगकर्ताहरूले केके मार्टका सबै आउटलेटहरूमा नेपाल–पे क्युआरस्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यस्तो छुट अधिकतम एक सयसम्मको हुनेछ । यो छुट योजना ३० असोजसम्म उपलब्ध हुनेछ ।उक्त योजनाअन्तर्गत ग्राहकले अधिकतम प्रतिखाताबाट तीनपटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछजन् । केके मार्टमा डाइनामिक क्युआरको रूपमा उपलब्ध रहेको नेपाल–पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्टआइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।
हाल नेपाल–पे क्युआर मोबाइल बैंकिङ एप, वालेट तथा कनेक्टआइपिएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपाल–पे क्युआरमा ६ लाख २५ हजारभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।