मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १७ बिहीबार १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीको परिचय अब क्रिकेट पनि : सांसद गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १९:o४:oo

प्रतिनिधिसभा सदस्य सोबिता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको बताएकी छिन्। 

पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन्। ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दै छ। यो सुरुवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यवाद तथा बधाई,’ उनले भनिन्।

काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृति, भेषभूषा, जडीबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ।’

एनपिएल आगामी १५ मंसिरबाट ६ पुससम आयोजना हुँदै छ। त्यसको लागि गत सोमबार कर्णालीले आफ्नो लोगोसँगै टिम नाम ‘कर्णाली याक्स’ घोषणा गरेको थियो। कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्वकप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन्।

सांसद गौतमले कर्णालीको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले अत्यन्तै महत्वका साथ आफ्नो टिमको नाम, लोगो र मुख्य प्रशिक्षक सार्वजनिक गरेको बताउँदै टिमलाई शुभकामना दिइन्।

‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ, तर यो प्रतिस्पर्धामा कसैले हार्दैन। नेपालको क्रिकेट क्षेत्रले जित्नेछ र एक दिन नेपालले क्रिकेट विश्वकप जित्नेछ।’