Skip This
कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ : रवि लामिछाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १७:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १७:१३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन्। कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्ने दाबी गर्दै उनले यस्तो बताएका हुन्।

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा रास्वपा संसदीय दलका नेता लामिछानेले यस्तो टिप्पणी गरेका हुन्।

‘दुईतिहाइको सरकार सबैभन्दा अस्थिर छ। किनकि कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ। अनि भन्नचाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने?’ उनले भने, ‘दुईतिहाइको सरकारको प्राथमिकता के हो, अझै थाहा भएन।’

जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश भएकोमा चिन्ता व्यक्त गर्दै सभापति लामिछानेले दलहरू ठिक नभएसम्म मुलुक रूपान्तरण हुन नसक्ने बताए।

उनले थपे, ‘त्यसैले सुधार जनीतिक दलहरूबाटै सुरु गर्नुपर्छ। दलहरूले स्वार्थ नराखी संसदमा योग्य प्रतिनिधि पठाउन सके भने धेरै सुधार गर्न सकिन्छ। रास्वपाले संसदमा योग्य व्यक्ति पठाउँदाको परिणाम देखिएकै छ।’

अहिलेको निर्वाचन प्रणाली निकै महँगो रहेको भन्दै उनले यो प्रणालीबाट संसदमा इमानदार व्यक्ति आउन कठिन रहेको उल्लेख गरे। संविधान संशोधनको कुरा गरेर सत्ताको आयु लम्याउन खोजिएको आशंका व्यक्त गर्दै उनले संशोधन गर्ने नै भए पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका व्यवस्थामा जानुपर्ने बताए।

‘संशोधन नै गर्ने भए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था, संसद्लाई विधायकी कामको मात्र जिम्मेवारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, गैरदलीय समावेशी ‘विद्वत सभा’लगायत व्यवस्थामा जाऊँ, रास्वपा तयार छ,’ उनले भने।