Skip This
संसद् भवनको ल्होत्से हलमा रास्वपाको संविधान मन्थन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् भवनको ल्होत्से हलमा रास्वपाको संविधान मन्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १२:५९:oo

रास्वपा संसदीय दलले आयोजना गरेको संविधान मन्थन संसद् भवनको ल्होत्से हलमा जारी छ। तीन सेसनमा छलफल हुँदै कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले संविधान संशोधनको बहसलाई व्यापक बनाउनुपर्ने भन्दै रास्वपाको हिजो सकिएको राष्ट्रिय भेलाले केही प्रस्ताव ल्याएको जानकारी दिए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सभाको पुनर्संरचना, स्थानीय तहको सुदृढीकरण, निर्वाचन प्रणालीमा सुधारलगायतका विषयमा व्यापक बहस आवश्यक रहेको औँल्याए।

पहिलो सत्रमा ‘समावेशिताको सकस : संविधानको कार्यान्वयन’ शीर्षकमा छलफल भइरहेको छ। रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सहजीकरण गरेको सत्रमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला टिप्पणीकारका रूपमा छिन् भने तुलानारायण शाह र अधिकारकर्मी कुञ्जली परियार वक्ता छन्।

दोस्रो सत्रमा ‘व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षा’  शीर्षकमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रा. डा. कृष्ण हाछेथू र सनित्य कालिका वक्ता छन्। सो सत्रको सहजीकरण सांसद सोविता गौतमले गर्दै छिन्।

‘संविधान र अर्थ–राजनीति’ शीर्षकमा तेस्रो सत्रमा छलफल हुँदै छ। सांसद मनीष झाले सहजीकरण गर्ने सो सत्रमा पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोकर्ण अवस्थी वक्ता छन्।  तीनवटै सत्रपछि रास्वपा सभापति रवि लामिछानेले संक्षिप्त सम्बोधन गर्नेछन्।