Skip This
तादी खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तादी खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १४:५१:oo

नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका– ६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिरपरिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका– ३ की हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो। ७२ वर्षीया अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर– ६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनका लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर आएकी अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् ।