Skip This
पूर्वक्रिकेटर शरद भेषवाकरलाई वीरगन्ज महानगरको सम्मान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असोज १ मंगलबार १४:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वक्रिकेटर शरद भेषवाकरलाई वीरगन्ज महानगरको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १४:o९:oo

नेपाली राष्ट्रिय किक्रेट टिमका पूर्वखेलाडी शरद भेषवाकरलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ। क्रिकेटकै गतिविधिमा सहभागी हुन वीरगन्ज आएका भेषवाकरलाई नगरप्रमुख राजेशमान सिंहले सम्मान गरेका हुन्।

उनलाई नगरप्रमुख सिंहले आफ्नो कार्यकक्षमा सम्मानपत्र हस्तान्तरण गरेर स्वागत गरेका किक्रेट खेलाडी हासिम अन्सारीले जानकारी दिए।

उनका अनुसार वीरगन्ज आएका भेषवाकरलाई सम्मान गर्दै नगरप्रमुख सिंहले आफ्नो अनुभव नेपाली किक्रेट टोलीको उज्ज्वल भविष्यका लागि लगाउन सुझाव दिए।