१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार o७:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अर्कैसँग सम्बन्ध बढाएको आशंकामा प्रेमिकाको हत्या,  दुईजना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o७:५६:oo

गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलमा गत बिहीबार (२० भदौ) मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्या भएकी किशोरी वसुन्धरा बस्दै आएकी सिराहाकी राम दुलारी भएको प्रहरीले जनाएको छ । २० भदौमा उनका प्रेमी सर्लाही चक्रघट्टा गाउँपालिका– ३ का ४० वर्षीय रामविनय महराले घुम्न जाऊँ भन्दै सुन्दरीजल लगेका थिए । प्रेमिका अर्कै व्यक्तिसँग लागेको आशंकामा सोहीक्रममा रामविनयले सर्लाही बसगरिया गाउँपालिका– ५ का २४ वर्षीय सन्तोषराम महराको सहयोगमा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सुन्दरीजल घुम्न गएका मानिसहरूले किशोरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको टाउकोमा गहिरो चोट देखेपछि थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । हत्या आरोपीहरूले ढुंगाले किचेर हत्या गरेका थिए । दुलारी र रामविनय दुई वर्षदेखि प्रेममा थिए । रामविनाय वसुन्धरा क्षेत्रमा जुत्ता सिलाउने काम गर्दै आएका थिए भने दुलारी मजदुरी गर्थिन् । मादक पदार्थ सेवन गर्ने र अर्कै पुरुषसँग सम्बन्ध राखेको आशंकामा रामविनयले दुलारीको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनले भने, ‘उनीहरू दुई वर्षदेखि प्रेममा रहेको देखिन्छ । प्रेमिका अन्य पुरुषसँग लागेको आशंका रामविनयलाई रहेछ । सोही निहुमा उनले हत्या गर्ने योजना बनाएको अनुसन्धानमा देखिन्छ । योजनाअनुसार दुलारीलाई सुन्दरीजल लगेको र ढुंगाले किचेरमा हत्या गरेजस्तो देखिन्छ ।’

प्रहरीका अनुसार हत्या गर्ने योजना बनाएपछि सहयोगका लागि रामविनयले आफ्ना भदई सन्तोषलाई भनेका रहेछन् । फुपाजूको प्रस्तावलाई सन्तोषले सहजै स्वीकार गरेका थिए । त्यसपछि दुलारीलाई घुम्न जाने भन्दै ट्याक्सीमा चढाई सुन्दरीजल लगेका रहेछन् । ठुलो ढुंगामाथि पुर्‍याएपछि दुलारीलाई उनीहरूले धकेलेका थिए । ढुंगाबाट झरेकी दुलारी घाइते भएकी थिइन् । त्यसपछि उनीहरूले दुलारीलाई टाउकोमा ढुंगाले हानेर हत्या गरेजस्तो देखिन्छ । मृत्यु नभएपछि फुपाजू–भदई मिलेर दुलारीको शवलाई बगरको ढुंगाको खोँचमा लुकाएका रहेछन् । घटनापछि फरार रहेका उनीहरूलाई प्रहरीले शनिबार वसुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो ।