१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकटकको प्रतिबन्ध हटाउन सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १५:२१:oo

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

चिनियाँ कम्पनी बाइटडान्सअन्तर्गतको टिकटकका कारण सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले गत वर्ष कात्तिक २७ गते यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

नेपाल सरकारले अघि सारेका सर्त पालना गर्न कम्पनी सहमत भएसँगै मन्त्रिपरिषद्काे भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले प्रतिबन्ध हटाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।