१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Monday, 16 September, 2024
२o८१ भदौ १९ बुधबार २२:३४:oo
Read Time : > 1 मिनेट
समाचार

सेवाग्राहीलाई बलात्कार गर्ने श्रम कार्यालयका कर्मचारीलाई धरौटीमा छाड्न आदेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार २२:३४:oo

श्रम स्वीकृतीका लागि पुगेकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रक्राउ परेका श्रम कार्यालयका कर्मचारीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरेर मुद्दा दायर गरे पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । 

काठमाडौंको ताहाचलस्थित श्रम कार्यालयमा कार्यरत सुब्बा घलेले श्रम स्वीकृतिका लागि सहयोग गरिदिने आश्वास दिँदै नजिक भई बलात्कार गरेको पीडितको दावी छ । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार धरौटीमा छाड्न आदेश दिएको हो । 

पीडित महिला १५ वर्षदेखि दुबईमा बस्दै आएकी थिइन । उनी गत पुसमा नेपाल आएकी थिइन् । बिदामा नेपाल आएकी उनी पुनः दुबई जान श्रम स्वीकृति लिन गतवर्ष २९ माघमा श्रम कार्यालय पुगेकी थिइन् । त्यहाँ उनको घलेसँग भेट भयो । श्रम स्वीकृति लिन कार्यालय आइरहन नपर्ने भन्दै घलेले आफैंले ल्याइदिने आश्वासन दिएका थिए । २८ वर्षीय घले कार्यालय सहयोगीका रुपमा श्रम कार्यालयमा कार्यरत थिए । 

पटक पटक आफुले फोन गर्दा पनि श्रम स्वीकृति नदिएको र १९ फागुनमा कागज पत्र ल्याइदिन्छु भन्दै जोरपाटीमा भेट्न बोलाएका थिए । त्यसपछि सुन्धाराको कालिगण्डकी होटलमा लगेर बलात्कार गरेको पीडितको जाहेरी छ । विवाह गर्ने आश्वासन दिएर आफुमाथि बलात्कार गरिएको पीडितको दाबी छ । 

पछि ९ वैशाखमा पुनः नयाँ बसपार्कस्थित होटल सम्मृद्धि एण्ड गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । त्यसपछि महिला दुबई गएकी थिइन । यसबिचमा उनीहरूको झगडा परेको थियो । घलेले  बिहे गर्न नसक्ने भन्दै गालीगलौच गरेपछि महिलाले महिला तथा बालबालिका सेल, काठमाडौंमा उजुरी गरेकी थिइन् । 

ती युवक विवाहित समेत रहेको खुलेपछि उनीहरुबिच झगडा बढेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । सुब्बाले महिलालाई सामाजिक सञ्जालमा पनि ब्लक गरेका थिए । गत महिना नेपाल आएर महिलाले जर्बजस्ती करणीको जाहेरी दिएकोमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो । जिल्ला न्यायाधीश पदमराज पाण्डेयको इजलाशले उनलाई तीन लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।