मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३० आइतबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार

द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स सम्पन्न  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार १९:३६:oo

अंग प्रत्यारोपण सोसाइटीको आयोजनामा मानव अंग प्रत्यारोपण सम्मेलन, २०२४ (द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स) सम्पन्न भएको छ । ‘विकासोन्मुख राष्ट्रहरूमा अंगदानलाई प्रवर्द्धन गर्नु’ भन्ने नारासहित दुई दिन चलेको सम्मेलन आइतबार सम्पन्न भएको हो । 

सम्मेलनमा सहभागी भारत, बेलायत, अमेरिका, जापान र नेदरल्यान्डका १९ जना विज्ञहरू २६ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । अंग प्रत्यारोपण क्षेत्रका नयाँ खोज, प्रविधि र अभ्यासहरूको आदान–प्रदानका लागि विशेषज्ञहरूलाई एकैठाउँमा ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरेको आयोजकको भनाइ छ । उद्देश्यअनुरूप सम्मेलन प्रत्यारोपण क्षेत्रमा भएको विकास र प्रविधि हस्तान्तरणको लागि कोशेढुंगाको काम गरको अंग प्रत्यारोपण समाजले जनाएको छ । 

सम्मेलनमा विज्ञहरुले मस्तिष्क मृत्युपश्चात् हुने अंगदान र प्रत्यारोपणको विकासका बारेमा अनुभव आदानप्रदान गरेका थिए । हालसम्मै चुनौतीपूर्ण रहेको अंग प्रत्यारोपण चिकित्सा विज्ञानको पाठ्यक्रममा मस्तिष्क मृत्युसम्बन्धी विषय समावेश गरी मस्तिष्क मृत्युबारे स्पष्ट पार्नुपर्ने र आमनगरिकमा मस्तिष्क मृत्युबारे जानकरीमूलक कार्यक्रम चलाउनुपर्नेबारे छलफल गरिएको छ । 

साथै, मस्तिष्क मृत्युपश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतीक्षा सूचीसहितको राष्ट्रिय अभिलेख अनलाइन सफ्टवेयर सञ्चालनमा ल्याइएको छ । उक्त सफ्टवेयरमा अंगदानसम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका बिरामीहरूको विवरण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमावलीमा भएबमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।