गत वर्ष १७ कात्तिकको भूकम्पले घर भत्किएका जाजरकोटको नलगाड नगरपालिका– १ का ४२ वर्षीय लालबहादुर परियारको परिवार बस्दै आएको अस्थायी टहराे आइतबार राति पहिरोमा पुरियो । उनीसहित श्रीमती ३४ वर्षीया मनीषा र दुई वर्षीय छोरा शुभमकाे ज्यान गयो ।
अस्थायी टहराेमा बसेका जाजरकोटका भूकम्पपीडितले तारन्तार पहिरोको विपत्ति खेपिरहेका छन् । १७ असारमा पनि भेरी नगरपालिका– ५, इब्रमा भूकम्पपीडितका अस्थायी टहरामा पहिरो खस्दा पाँच वर्षीय प्रिन्स विकको ज्यान गएको थियो भने २ साउनमा कुसे गाउँपालिका– ८, दल्लेनामा पनि अस्थायी टहरामाथि पहिरो खस्दा चारजना घाइते भएका थिए ।
त्यस्तै, ११ साउनमा छेडागाड नगरपालिका– १२ काडागाउँमा अस्थायी टहराेमाथि पहिरो खस्दा आठजना घाइते भएका थिए । तारन्तारका यस्ता घटनाले वर्षा भएपछि पीडितहरू टहराेमा निदाउनै नसक्ने भएका छन् । थप भिडियाे रिपाेर्टमा :