पेरिस ओलम्पिकमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्य गरी ९० पदकसहित अंक–तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० मा छन्।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक–तालिकामा तेस्रो स्थान हासिल गरेको छ।
त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेको छ भने पाँचौँ स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित कुल ६२ पदक जितेको छ।
छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कांस्यसहित कुल ६३ पदक जितेको छ। दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कांस्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ।
आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कांस्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, ११ रजत र आठ कांस्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ। इटाली ११ स्वर्ण, १३ रजत र १५ कांस्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा छ।