
भारी वर्षासँगै आएको बाढीले बगाएर ल्याएको फोहोरले काठमाडौंका नदीकिनार दूषित र कुरूप भएका छन् । नदी तथा खोलामा पानीको सतह घटेसँगै किनाराका दायाँ–बायाँ प्लास्टिकसहित अन्य प्रकारका फोहोरहरू देखिन थालेका हुन्।
कतै करिडोर क्षेत्रका सडकमा बलुवा थुप्रेर सवारीसाधन चल्न अफ्ठ्यारो स्थिति छ भने माटो भरिएर फुटपाथमा पनि हिँड्ने अवस्था छैन । सडकमा अत्यधिक धुलो उडेर हिँड्नसमेत समस्या छ । वर्षाका कारण थुप्रिएको बालुवा उठाउने काम समयमै नहुँदा यस्तो समस्या आएको हो ।
हेर्नुहाेस् तस्बिरहरू :