Skip This
एसबिआईद्वारा बागलुङ कालिका मन्दिरलाई सहयोग, दुई शाखा विस्तार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण २० आइतबार o६:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसबिआईद्वारा बागलुङ कालिका मन्दिरलाई सहयोग, दुई शाखा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार o६:३१:oo

नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित बागलुङ कालिका मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायतको उपस्थिति थियो । 

बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधि गर्दै आइरहेकोे जनाएको छ ।

साथै, बैंकले बागलुङ बजार लालीगुराँस चोकमा रहेको शाखा हल्लन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले पोखरामा सभागृह चोकमा रहेको सिर्जना चोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।