Skip This
बारामा एक महिलाको शंकास्पद मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Thursday, 19 September, 2024
२o८१ श्रावण २० आइतबार १o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा एक महिलाको शंकास्पद मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार १o:२१:oo

बाराको निजगढ नगरपालिका- ६ योजना टोलमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ ।दिलबहादुर थापाकी ५० वर्षीया श्रीमती धनमाया थापाको हिजो बिहान शंकास्पद अवस्थामा मृत्यु भएको स्थानीयकाे भनाइ छ । 

धनमायालाई उनकै श्रीमान् दिलबहादुरले सुत्ने कोठामा रगतसहित बान्ता गरेको अवस्थामा फेला पारेपछि उपचारका लागि निजगढ- ९ स्थित सामुदायिक अस्पताल प्रसूतिगृहमा ल्याएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए । 

शवकाे पोस्टमार्टम गरिने

यसैबीच अन्तिम संस्कारका लागि अस्पतालबाट घर फर्काएपछि धनमायाको शव प्रहरीले शनिबार दिउँसो पोस्टमार्टका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ । 

प्रारम्भिक अनुसन्धानमा कर्तव्यज्यानसम्बन्धी कुनै लक्षण नदेखिए पनि केही स्थानीय उनको हत्या भएको हुन सक्ने बताएपछि शव पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहले जानकारी दिए । 

स्थानीयका अनुसार एक साताअघि श्रीमान् र श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको र सो घटनापछि धनमाया अलग्गै कोठमा बस्दै आएकी थिइन् । 

सोही घटनापछि धनमायाले अत्यधिक मदिरा सेवन गर्ने गरेको पनि बताइएको छ । निरीक्षक कुशवाहका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र हत्या वा मृत्यु भन्नेबारेमा पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताए ।