Skip This
७६ वर्षको उमेरमा शान्तिमायाले पाइन् नागरिकता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 19 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ श्रावण १९ शनिबार o९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७६ वर्षको उमेरमा शान्तिमायाले पाइन् नागरिकता

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o९:३७:oo

सनाखत बसिदिने कोही नहुँदा नागरिकता बनाउन नपाएकी उमाकुुण्ड गाउँपालिका–७ भुजीकी ७६ वर्षीया शान्तिमाया सुनुवारले बल्ल शुक्रबार नेपाली नागरिकता प्राप्त गरेकी छिन्। 

२००५ सालमा जन्मिएकी सुनुवारले हालसम्म नेपाली नागरिकता बनाउन पाएकी थिइनन्। उनले नागरिकता बनाउन खोज्दा सनाखत बस्नुपर्ने तीन पुस्ताभित्र आफन्त कोही नभएपछि उनी नागरिकता नबनाई बसेकी थिइन्। हाल उमाकुुण्ड गाउँपालिका–७ का वडाध्यक्ष रुद्रमणि नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले शान्तिमायालाई नागरिकता उपलब्ध गराएको हो। 

वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिताको साहारामा शान्तिमाया नागरिकता लिन जिल्ला सदरमुकाम मन्थली आएकी थिइन्। ७६ वर्षको उमेर नेपाली नागरिकता पाएपछि शान्तिमाया खुसीले गदगद् छिन्। उनले अब सामाजिक सुरक्षा भत्ता लिने बाटो खुलेको छ। ढिलै भए पनि आफूले नागरिकता पाउँदा ज्यादै खुसी लागेको सुनुवारले बताइन्। 

त्यसैगरी, सनाखत बस्ने व्यक्ति नहुँदा नागरिकता नबनाई बसेका सोही वडाका धनराज सुनुवारले पनि नेपाली नागरिकता बनाएका छन्। उनको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सनाखत बसेपछि प्रशासनले नागरिकता प्रदान गरेको थियो।