मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Monday, 31 August, 2026
२o८१ श्रावण ७ सोमबार २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईको मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार २o:५o:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मौका परीक्षा दिने अवसर आएका विद्यार्थीका लागि खोटाङमा निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको छ। 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी खोटाङ र एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङले अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयको तयारी कक्षा सुरु गरेका हुन्।

अखिल क्रान्तिकारी खोटाङका संयोजक डार्विन चाम्लिङले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान, दिउँसो र बेलुका गरी तीन चरणमा निःशुल्क तयारी कक्षा सञ्चालन भएको जानकारी दिए।

१९ साउनसम्म सञ्चालन हुने तयारी कक्षामा एसइईको मौका परीक्षा दिने जिल्लाभरका एक सय ५० विद्यार्थी सहभागी छन्। 

खोटाङमा एसइईमा सहभागीमध्ये ननग्रेडिङमा परेका एक हजार ३५४ विद्यार्थी मौका परीक्षामा सहभागी हुँदै छन्।