
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेँसी बस्ने २५ वर्षका विष्णु थापामगर रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
पोखरा– ३० स्थित खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए।