मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार २९ शनिबार
  • Friday, 14 August, 2026
२o८१ असार २९ शनिबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्न करेन्ट लगाउने क्रममा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १८:४१:oo

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेँसी बस्ने २५ वर्षका विष्णु थापामगर रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा– ३० स्थित खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए।