मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २७ बिहीबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका राजविराज
२o८१ असार २७ बिहीबार o७:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजी शिवकुमारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ असार २७ बिहीबार o७:३१:oo

प्रहरीले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारीलाई पक्राउ गरेको छ । धरानबाट बुधबार पक्राउ परेकी उनलाई प्रहरीले सप्तरी पठाएको छ । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिइन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले मिटरब्याजी शिवकुमारीलाई सप्तरी पठाइएको बताए । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए । निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । रामदेवसहित अन्य भने फरार छन् । 

खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजार र दिदी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो । दुवैजना अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।

विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए  । तर, अझैसम्म मिटरब्याजी रामदेव साहसहित उनका परिवारका अन्य सदस्य पक्राउ परेका छैनन् ।