१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

थमन विक हत्या आरोपमा पूर्वप्रदेश सांसद यादवलाई थुनामा पठाउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १६:५८:oo

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विककाे हत्या गरेकाे आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको हो।

असइ विकको हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो। अर्कै घटनामा पक्राउ परेका यादवलाई थमन हत्या मुद्दामा अदालत पेस गरिएको थियो। उच्च अदालत जनकपुरबाट उक्त मुद्दाको सक्कल मिसिल आएपछि मुद्दा मुलतवीबाट जागेर थुनछेक बहस सुरु भएको थियो। बहसपछि बुधबार अदालतले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

यही मुद्दामा जिल्ला अदालत महोत्तरीले यसअघि नै प्रदीप साह माझी र संजयकुमार साहसहित मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइसकेको छ।

स्कारपियोलाई ठक्कर दिँदा ब्युँझियो पुरानो मुद्दा
पूर्वसांसद यादव असइ विककै मुद्दामा पक्राउ नपरी सडक दुर्घटनाको मुद्दामा पक्राउ परेपछि पुरानो मुद्दा पनि ब्युँझिएको हो। गत शनिबार सम्सी गाउँपालिका– ५ स्थित हुलाकी सडक खण्डमा यादवले चलाएको प्र.२–०२–००१ च ००४५ नम्बरको गाडीले डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा तीनजना घाइते भएका थिए। सोधपुछका क्रममा प्रहरीकाे डाटाबेसमा यादवकाे नाम भेटिएपछि उनलाई पक्राउ गरेर अदालतमा पेस गरिएकाे थियाे।

ad
ad
ad
ad