१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
तस्बिर : गेटी इमेजेज्
रासस क्यानबेरा
२o८१ असार १९ बुधबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक हुने चेतावनी

Read Time : < 1 मिनेट
रासस, क्यानबेरा
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १६:४३:oo

अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ।

अस्ट्रेलियाका एक सयभन्दा बढी ठूला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया (बिसिए)ले बुधबार अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ।

सत्तारूढ लेबर पार्टीले मे महिनामा अस्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सीमित गर्ने योजना प्रकट गरेको थियो।

सरकारलाई प्रस्ताव पेस गर्दै बिसिएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अस्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ।

अर्थतन्त्र ठप्प हुँदै गइरहेको उल्लेख गर्दै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेर छोटो अवधिको गलत निर्णय लिन लागेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन्। यसले अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारी सबै अस्ट्रेलियालीहरू प्रवावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्ल्याकले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सरकारी तथ्यांकअनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ अर्ब अस्ट्रेलियाली डलर थियो। यसले अस्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यासपछिको चौथो ठूलो हिस्सा धानेको छ।

सरकारले सोमबारको घोषणामा अस्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियाली डलरबाट एक हजार ६०० अस्ट्रेलियाली डलर बनाएको छ।

ad
ad
ad
ad