१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:२४:oo

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका ३ खोरिया गाउँमा जथाभावी ग्राभेल उत्खनन् गरी छोडिएपछि पोखरी बनेको खाल्डोमा जमेको पानीमा डुबेर नातामा मामा भाञ्जा पर्ने दुई बालकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीको पानीमा डुबेर स्थानीय सुशील मण्डलका सात वर्षीय छोरा राहुल मण्डल र रामकुमार मण्डलका छोरा आशिष मण्डलको मृत्यु भएको हो । नातामा मृतक आशिष राहुलको भाञ्जा पर्ने प्रहरीले जनाएको छ । खेल्ने क्रममा सोमबार बिहान करिब ११ बजेदेखि हराइहेका दुवै बालकलाई मिर्चैया प्रहरी र स्थानीय बासिन्दाले राती अबेरसम्म खोजी गरेको भएपनि फेला परेका थिएनन् । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाकुका अनुसार मंगलबार बिहान स्थानीय गाउँले खेतमा काम गर्न जाँदै गर्दा कसहावाला भनिने बसन्त यादवको पोखरीमा शव तैरिरहेको भन्दै प्रहरीमा खवर गरेपछि तत्काल प्रहरी पुगेर शव बरामद गरिएको हो ।

घटनास्थल पुगेर घटनास्थल प्रकृति मुचुल्का उठाइ सिरहास्थित प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम गरी सम्बन्धित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको नरहाको आसपासका क्षेत्रमा स्थानीय ग्राभेल कारोबारीहरुले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाण्डोमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ ।
 

ad
ad
ad
ad