१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १४:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेमा विपत् प्रतिकार्यसम्बन्धी समुदायलाई तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १४:o७:oo

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ७ भकुण्डेमा सामुदायिक विपत् प्रतिकार्यसम्बन्धी तीनदिने तालिम सुरु भएको छ । रोशी गाउँपालिकाको आयोजना भद्रदल गण भकुण्टेबेँसी र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा तालिम सुरु भएको हो । 

सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यमा तालिम शुभारम्भ भएको हो । तालिम शुभारम्भ गर्दै मेयर मालाले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘विपत् कहीँ पनि कसैलाई पनि नपरोस्, यदि परिहाल्यो भने पनि हामी सबै मिलेर सामना र प्रतिकार्य गर्न लाग्नुपर्छ ।’ नमोबुद्ध नगरपालिकाका मेयर लामाले भने, ‘स्थानीय तह एकातिर, प्रहरी एकातिर, नेपाली सेना एकातिर भयो भने प्रभावकारी हुँदैन, त्यसो भएर हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।’ विपत् प्रतिकार्यका लागि जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपतमा फ्रन्टलाइमा उभिनुपर्ने व्यक्तिहरू एक भएर लागौँ भन्ने सन्देश दिन तालिमको आयोजना गरेको बताए। विपतसम्बन्धी प्रतिकार्य गर्न समुदायस्तरमै जनचेतना फैलाउन तालिमको आयोजना गरेको उनको भनाइ छ । तालिममा सहभागी भएका व्यक्तिहरूले विपतमा प्रतिकार्य गर्ने विश्वास व्यक्त गरे । 

भकुण्डेबेँसीमा अवस्थित २६ नम्बर बाहिनीपति अशोक गुरुङले नेपाली सेनाले स्थानीय तहहरूसँग समन्वय गरेर विभिन्न कार्य गर्दै आएको बताए । ती कार्यहरू विपतमा प्रभावकारी भएको उनको भनाइ छ । विपत प्रतिकार्यका लागि पहिलो भूमिका स्थानीयको हुने उनले बताए । त्यसकारण सामुदायिक विपत् प्रतिकार्य तालिम प्रभावकारी हुने उनको विश्वास छ । 
०७२ सालको भूकम्पपछि काभ्रे जिल्ला पहिरोको जोखिममा रहेको बाहिनीपति गुरुङले बताए । त्यसैले सतर्क रहन उनले सबैलाई अनुरोध गरे । 

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले विपतमा सामूहिक रूपमा प्रतिकार्यका लागि लाग्नुपर्नेमा जोड दिए । जिल्लाका सुरक्षा निकाय र स्थानीय तहहरू एक भएर प्रतिकार्यमा लाग्नुपर्ने उनको भनाइ छ । रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिमबाट प्राप्त सीपलाई विपतको वेला साँच्चै प्रयोगमा आउने विश्वास व्यक्त गरे । तालिममा सिकेको सीपले विपत् प्रतिकार्य सहज हुने उनले आशा व्यक्त गरे ।

तालिममा ८० जनाभन्दा बढी सहभागी रहेको रोशी गाउँपालिका विपत् व्यवस्थापन समितिका सदस्य सचिव तथा इन्जिनियर भूपेन्द्र अधिकारीले जानकारी दिए । तालिममा रोशी गाउँपालिकाको हरेक वडाबाट र रेडक्रसबाट सहभागी रहेका छन् ।
 

ad
ad
ad
ad