१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

निगमको  गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छ : मन्त्री तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o९:५७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले  नेपाल वायुसेवा निगमको  गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन् ।  नेपाल वायुसेवा निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा साेमबार बिहान आयोजित कार्यक्रममा मन्त्री तामाङले सो कुरा बताएका हुन् ।

उनले भने,  ‘निगम लामो इतिहास पार गर्दै आज  ६७औँ वर्षमा प्रवेश गर्दै छ । यसले  इतिहासको लामो कालखण्डमा विभिन्न आरोह–अवरोह पार गर्दै  आफ्नै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ । अझै यसको  अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवश्यक  छ  । ’

निगमले ६६औँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा असार १७ गते बिहान ७:३० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरी निगमको कार्यालयपरिसरबाट सुरु भएर न्युरोड, वसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो ।

वि.सं.२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दछ। 

डगलस डिसी- ३ ‘डकोटा ’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं. २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। ०७७ असार २९ सम्ममा निगमको  कुल सात विमान सेवामा प्रयोग गरिएको छ।

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। निगम वि.सं. ०१७ मा पिलाटस पोर्टर र ०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ- २ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।

ad
ad
ad
ad