१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Sunday, 06 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छाउगोठ बस्ने कुरीतिविरुद्ध व्यापक अभियान चलाउन आरजु राणाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार १४:३९:oo

प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठ बस्ने कुरीतिविरुद्ध व्यापक अभियान चलाउन माग गरेकी छिन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राणाले छाउगोठ भत्काएर मात्र यो कुरीति अन्त्य नहुने बताइन्। 

‘आठ वर्षअगाडि यसै सदनमा उभिएर छाउगोठमा सर्पले टोकेर ज्यान गुमाउनुपरेको एकजना छोरीको बारेमा बोलेकी थिएँ । अहिले फेरि ३ असारमा अछाममा एक छोरीलाई छाउगोठमा बलात्कार गरियो,’ उनले भनिन्, ‘२१औँ शताब्दीमा अझै पनि यस्ता घटना हुनु निन्दनीय छ। सरकारले ०७५ देखि ०७८ सम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति अझै चलिरहेको छ।’ 

सरकारले यो कुरीतिविरुद्ध व्यापक अभियान चलाउनुपर्ने उनको भनाइ थियो । ‘खाली छाउगोठ भत्काउने मात्र होइन, प्रचार–प्रसार र जनचेतना जगाउने क्याम्पेन गर्नुपर्छ,’ उनले भनिन्, ‘विद्यालयदेखि नै महिनावारी सचेतनाबारे अभियान चलाउन जरुरी छ ।’

सांसद राणाले संसद् सेवाका कर्मचारीले उठाएका माग चाँडो सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।