१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपालाई बाबुरामको सुझाव– पुराना शक्तिसँगै लाग्दा नयाँहरूलाई नोक्सान गर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १४:२९:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलहरूसँग अधिक नजिक नहुन र  सन्तुलित सम्बन्ध राख्न सुझाव दिएका छन्।

बिहीबार रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सहभागी भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालको कार्यनीतिका रूपमा मात्रै लिन सुझाव दिएका हुन्।

पुराना शक्तिहरूसँग धेरै नजिक हुँदा आफैँलाई नोक्सान गर्ने भन्दै भट्टराईले भने, ‘पुराना शक्तिहरूसँगको सहकार्यलाई ट्याक्टिस, तत्कालको कार्यनीतिको रूपमा लिनुपर्छ । वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चै विकल्प दिनका निम्ति स्ट्राटेजी (रणनीति) बनाउनुपर्छ । यसमा सन्तुलन भयो भने ठीक हुन्छ, नत्र पुराना शक्तिहरूसँग नै बढी लसपस गर्न थालियो भने त्यसले स्ट्राटेजीमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।’