मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Sunday, 16 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ४ मंगलबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद चौधरीले मागे भौतिकमन्त्री महासेठको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १९:४४:oo

कांग्रेस सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। 

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी- ४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो जिल्लामा एक लाख त के ५० पैसा पनि नदिएको भन्दै देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको राजीनामा माग गर्छु भनेर विरोध जनाए।

चौधरीले भौतिक पूर्वाधारमन्त्रीको आफूसँग के दुस्मनी छ भनेर पनि सोधेका थिए। 
जनकपुरको लेख्नुपर्नेमा भौतिक पूर्वाधार लेखिएको भन्दै उनले रातो किताब फिर्ता गर्दै रोस्ट्रममै छोडेर हिँडेका थिए।