१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
एजेन्सी न्युयोर्क
२o८१ असार ३ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

६ हप्ताभित्र न्युयोर्कको नाउसा रंगशाला खाली गरिने

Read Time : < 1 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o९:o६:oo

पहिलोपटक टी–२० विश्वकप आयोजना गरेको अमेरिकाले न्युयोर्कको नाउसा काउन्टी रंगशाला ६ हप्ताभित्र ‘डिसमेन्टल’ खाली गरिने भएको छ । अमेरिकाले विश्वकपका १६ खेल आयोजना गर्ने अवसर पाएको थियो । जसमध्ये अब फ्लोरिडामा मात्र दुई खेल बाँकी छ ।

न्युयोर्कमा अब कुनै खेल छैनन् । सुपर एटदेखि फाइनलसम्म सबै खेल वेस्ट इन्डिजमा हुने आइसिसीले जनाएको छ । अमेरिकाले न्युयोर्कको नाउसा रंगशाला केवल एक सय ६ दिनमा तयार गरेको थियो । यो केवल विश्वकपभरि मात्र प्रयोग गरिने यसअघि नै बताइएको थियो । 

६ सातापछि यहाँ खाली मैदान मात्र हुनेछ । यद्यपि, पिच र आउटफिल्ड यथावत् रहनेछ । अमेरिकाले नाउसा रंगशालालाई मोड्युलर ढाँचामा बनाएको हो । यहाँ प्रयोग भएको पिच अस्ट्रेलियामा बनेको थियो । यसको भौतिक संरचना फर्मुला वानका हुन् । नाउसा रंगशालामा आठ खेल भएको थियो । यहाँको पिचमा अस्वाभाविक बाउन्स हुने गरेको थियो । पिचमा प्रतिओभर ५.७४ रनरेटमा ब्याटिङ भयो ।

ad
ad
ad
ad