Skip This
नेप्से १७ अंकले घट्यो, साढे पाँच अर्बको कारोबार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असार २ आइतबार
  • Wednesday, 17 September, 2025
२o८१ असार २ आइतबार १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से १७ अंकले घट्यो, साढे पाँच अर्बको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १५:५४:oo

यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०४ अंकले घटेर दुई हजार ९५.२५ विन्दुमा कायम भएको छ।

आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु. ३० करोड ४० लाख ५३ हजार चार सय ९२ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता सेयर किनबेच भएको छ। रासस