Skip This
यार्सा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २० आइतबार
  • Thursday, 19 September, 2024
२o८१ जेठ २० आइतबार o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यार्सा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २० आइतबार o८:१९:oo

यार्सागुम्बा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँस्थित अस्पताल ल्याइएका छायाँनाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मनबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, राजबहादुर सावद र देवराज बुढाको मृत्यु भएको छ ।

देवराज बुढाको मृत्युसँगै लेक लागेर मृत्यु हुनेको संख्या चार पुगेको हाे । २० वर्षीय देवराजको बाटोमा मृत्यु भएको हो । मनबहादुर र शोभानको उपचारका क्रममा अस्पतालमा र सावदको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

हरेक वर्ष उच्च हिमाली पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटन पुगेका संकलकको लेक लागेर, पेट दुखेर, लडेर, हिउँपहिरोमा परेर मृत्यु हुने गरेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीनजनाको हिमपहिरोमा परेर र एकजनाको खोलामा खसेर मृत्यु भएको थियो ।

गत वैशाखमा एकजना युवाको यार्सागुम्बा टिप्न लेक जाँदै गर्दा ज्यान गएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोली निश्चित ठाउँमा बस्ने, तर संकलकहरू पाटनमा पुग्ने भएकाले बिरामी पर्दा उपचार सेवा लिन समस्या हुने गरेको छ । मुगुका दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ गाउँपालिकाले १५ जेठदेखि पाटन प्रवेश खुला गरेको छ ।