१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १८ शुक्रबार
  • Sunday, 08 September, 2024
२o८१ जेठ १८ शुक्रबार १o:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेस्रो सांग्रिला साइकल र्‍याली भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १८ शुक्रबार १o:२७:oo

सांग्रिला विकास बैंकले विश्व वातावरण दिवसका अवसरमा शनिबार तेस्रो सांग्रिला साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले ‘सेभ फ्युल, सेभ इन्भायरोमेन्ट’ नारासहित र्‍याली आयोजना गरेको हो ।  दुई वर्षअघि सुरु भएको यो र्‍यालीको मूल उद्देश्य पेट्रोल–डिजेलको खपत घटाएर वातावरण संरक्षण गर्नु रहेको र्‍यालीका संयोजक एवं बैंकका मानवस्रोत विभाग प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।

उनले भने, ‘पहिलो वर्षको साइकल र्‍यालीमा डेढ सय जनाको सहभागिता थियो भने दोस्रोपटकमा पाँच सयजनाले सहभागिता जनाउनुभएको थियो । यसपालिको साइकल र्‍यालीमा एक हजार तीन सयजनाले दर्ता गरिसक्नुभएको छ । एक हजार पाँच सयजना पुग्ने हाम्रो अपेक्षा छ ।’ र्‍यालीका लागि १० किलोमिटरको रुट तय भइसकेको उनले बताए ।

र्‍याली काठमाडौंको सानो गौचरनबाट सुरु भएर दरबारमार्ग, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, मध्यबानेश्वर, गौशाला, रातोपुल हुँदै सानो गौचरनमै टुंगिनेछ । बिहान सात बजेबाट र्‍याली सुरु हुने बैंकले जानकारी दिएको छ । र्‍यालीमा टिसर्ट निःशुल्क वितरण हुने आयोजकले जानकारी दिएको छ । 

साइकल र्‍यालीका विजेताले नयाँ ब्रान्डको साइकल पुरस्कार प्राप्त गर्ने र अन्य सहभागीलाई उपहारको समेत व्यवस्था गरिएको छ । सहभागीलाई एक लाख रुपैयाँको बिमासमेत गरिएको छ । र्‍यालीसँग करिब ३८ कम्पनी जोडिएका छन् भने बिवाइडी प्रमुख प्रायोजक छ ।