अर्थमन्त्री वर्षमान पुनले फरक खालको ब्रिफकेस प्रयोग गरेका छन् उनले पहिलोपटक अल्लो र ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन्।
यसअघि छालाको कालो ब्रिफकेस प्रयोग हुने गरेकोमा नयाँ खालको ब्रिफकेस प्रयोग भएको मन्त्रालयले जानकारी दिएको छ।
ठमेलको युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालिबाट खरिद गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। झोलाको मूल्य दुई हजार पाँच सय रुपैयाँ परेको भनिएको छ।
स्वदेशी उतपादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो झोला प्रयोग गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।