१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 08 September, 2024
२o८१ जेठ ११ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिला साइकल र्‍यालीका लागि रजिस्ट्रेसन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार ११:३५:oo

सांग्रिला डेभलपमेन्ट बैंकले ले साइकलर्‍याली गर्ने भएको छ । बैंकले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नारासहित डेभलपमेन्ट बैंकर्स  एसोसिएसन, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको हो । साइकल र्‍यालीमा सहभागी हुन चाहनेलाई १६ जेठसम्म निःशुल्क दर्ता गरी सहभागिता सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ ।

 र्‍याली १९ जेठमा बिहान ७ बजेदेखि सानोगौचरन मैदानबाट सुरु भई नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर पानीट्यांकी, पुरानोबानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट सानोगौचरन मैदानमा पुगी समापन हुने बैंकले जनाएको छ । 

बैंकका अनुसार र्‍यालीमा सहभागी हुनेले टिसर्ट र भाग्यमानी एकजना सहभागीलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिनेछ ।