Skip This
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Saturday, 27 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ८ मंगलबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:४२:oo

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 
कांग्रेसको नाराबाजीबीच आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले अर्को बैठक ११ जेठ शुक्रबार बिहान ११ बजे बस्ने जानकारी गराए।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलनको आरोप लगाउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको थियो। कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदले लगातार नाराबाजी गरिरहे पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेका हुन्।