
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लेले शाखाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आथिक वर्ष ०७९/८० मा शाखाअन्तर्गत रहेका केन्द्रहरूमध्ये उत्कृष्ट केन्द्रलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै, शाखा कार्यालयअन्तर्गत शैक्षिक सत्र ०७९ मा एसइई परीक्षामा ग्राहक सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नं. ७५, समूह नं. ४ मा आबद्ध सदस्य साइँलीमाया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी, केन्द्र नं. ६३ की प्रमुख पुनादेवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भीमबहादुर कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका विशिष्ट अतिथिका रूपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायब विभागीय प्रबन्धक मोहितनारायण यादवलगायतको उपस्थिति थियो ।