मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुबईमा कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीलाई तीन अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo

दुबईमा सम्पन्न कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले तीन अवार्ड जितेका छन्। मे ४ र ५ मा सम्पन्न कोडेभर ५.० मा १८ भन्दा बढी देशका प्रतियोगीको सहभागिता थियो।

निमा एजुकेसन फाउन्डेसन र कोडेभर ५.० कोडिङ प्रतियोगिताको आयोजक स्टिमपेडियाको समन्वयमा नेपालबाट सहभागीहरू छनोट गरिएको थियो।

प्रतियोगितामा एग्रोस्फेयर परियोजनाका लागि एसिया प्यासिफिक स्कुलका अभिमोड उप्रेती, लिअम पराजुली र आदित्य श्रीवास्तवले आउट अफ द बक्स आइडिया अवार्ड पाएका छन्।

यसैगरी, गफजिपिटीका लागि डिअरवाक सिफल स्कुलका दीक्षान्त पाण्डेले सस्टेनिबिलिटी एन्ड लाइब्लिहुड अवार्ड तथा रिलायन्स पब्लिक स्कुलका रिशव लामिछाने, निश्चल अर्याल र स्वस्तिक मिश्रको टोलीले एआई रोबो सिटी च्यालेन्ज परियोजनाका लागि कन्सोलेसन प्राइज हात पारेकाे छ।