१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अग्निपीडितलाई नेपाल लाइफ इन्स्योरेन्सको राहत सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:३o:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर– ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई सहयोगस्वरूप राहत सामग्री हस्तान्तरण गरेको हो ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राइन तथा कम्पनीका कर्मचारीले पीडितलाई प्रत्येक घर एक थान साडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यसप्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वास व्यक्त गरे । 

वडाध्यक्ष राइनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने धारणा राखे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको बताए । 

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बिमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । 

ad
ad