१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीमा आज दुईवटा समितिको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:o१:oo

बागमती प्रदेश सभाअन्तर्गतको दुईवटा समितिको बैठक आज बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक बस्न लागेको हो ।

दुवै समितिका बैठक दिउँसो १ बजे प्रदेश सभा सचिवालयमा बस्ने उद्योग, पर्यटन तथा वातावरण समितिका सचिव राजु श्रेष्ठले जानकारी दिए । उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ र सचिवको उपस्थितिमा प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको दफावार छलफल हुने श्रेष्ठले जानकारी दिए ।

यस्तै, आजै बस्ने स्वास्थ्य तथा कृषि समिति विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा समितिको प्रतिवेदनमाथि छलफल हुने समितिका सचिव हिम न्यौपानेले जानकारी दिइन् । 

यसअघि गत वैशाख ३ मा बोलाइएको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । ज्येष्ठ सदस्यले नेतृत्व गरेका समितिहरूमा सभापतिको टुंगो नलाग्दा  समितिका बैठकहरूसमेत प्रभावित हुँदै आएका थिए । समितिका सभापतिको टुंगो नलाग्दा समितिहरूले प्रभावकारी ढंगबाट कामसमेत गर्न सकेका छैनन् ।

ad
ad