१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ जेठ ७ सोमबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

एयर इन्डियाका ७० उडान रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:३४:oo

एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडान रद्द भएका छन् । वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परेपछि बुधबार उडान रद्द भएका हुन् । करिब ३०० वरिष्ठ क्याबिन चालक दलका सदस्यहरू अन्तिम समयमा बिरामी भएको र मोबाइल फोन बन्द गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू रद्द गरिएको भारतीय समाचार संस्था एनडिटीभिले जनाएको छ । 

एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नुपरेको जनाएको छ । प्रायः अन्तर्राष्ट्रिय वरिष्ठ चालक दलका सदस्य बिरामी भएका कारण रद्द भएको थियो । भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी थियो ।

नागरिक उड्डयन अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेका छन् । स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडानअघि केही वरिष्ठ चालक दलका सदस्यले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन् । वैकल्पिक पाइलट उपलब्ध नभएका कारण उडान रद्द गर्नुपरेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्यांकन गरिरहेको जनाउँदै प्रभावित यात्रुसँग माफी मागेको छ ।

ad
ad