१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ जेठ ७ सोमबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मधेशका मुख्यमन्त्रीसहित जसपा नेताहरू काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:३३:oo

जनता समाजवादी पार्टी (नेपाल) विभाजनको कम्पन मधेशमा परेको छ । अशोक राई समूहले नयाँ पार्टी गठन गरेपछि जसपाबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरू र सांसदहरूको धार प्रस्ट भइसकेको छैन । मुख्यमन्त्री यादव, अर्थमन्त्री सञ्जयकुमार यादव, पूर्वमुख्यमन्त्री लालबाबु राउत, खेलकुदमन्त्री सुरिता साह र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सिंहासन सा कलावार र पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह तीन दिनदेखि काठमाडौंमा छन् । 

मधेशका अर्थमन्त्री यादवले पार्टी विभाजनपछिका विषयमा छलफलका लागि काठमाडौं पुगेको बताए । ‘पार्टीको जिल्लादेखि प्रदेशस्तरीय संरचना पनि छन् । तर, काठमाडौंमा नयाँ दल दर्ता भइसकेको छ, हामी अन्योलमा छौँ,’ उनले भने । 

मधेश सरकारको नेतृत्व गरिरहेको जसपासँग १९ सिट छ । प्रदेशका सांसदहरू हालसम्म नयाँ दलको पक्षमा नखुले पनि असर भने पर्ने देखिन्छ । दल विभाजनमा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखेर उनीहरू खुल्न नचाहेका हुन् । नयाँ जसपाका नेता प्रदीप यादवका अनुसार मधेश प्रदेश सभाका नौ सांसद सम्पर्कमा छन् । 

जसपा मधेश प्रदेशको संसदीय दलको सोमबारको बैठकमा पनि पार्टी विभाजनबारे छलफल भएको थियो । जसपाका प्रवक्ता तथा प्रदेश सांसद मनीष सुमन भने पार्टीको पार्टीको महाधिवेशनमा पद नपाउने सम्भावना देखेर नयाँ दल खोलेको आरोप लगाउँछन् । ‘यसले प्रदेशमा कुनै असर पर्दैन । प्रदेशका सबै सांसद, नेता तथा कार्यकर्ता विभाजनको विपक्षमा छन्,’ उनले भने ।

ad
ad